साग: नेपालले सर्वाधिक स्वर्णको आफ्नो कीर्तिमान तोड्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर १९, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाडौं । नेपालले दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा सर्वाधिक स्वर्ण जितेको आफ्नो इतिहास तोडेको छ।

साइक्लिङको पुरुष क्रस कन्ट्रीमा नेपालका बुद्धि बहादुर तामाङले स्वर्ण जितेसँगै नेपालले ३२ स्वर्ण जितेर कीर्तिमान कायम गरेको हो। यसअघि नेपालले एकै सागमा ३१ स्वर्ण पदक जितेको कीर्तिमान थियो।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकाे स्वर्ण संख्या ३३ पुगेकाे छ। बिहीबार भएको सिंगल इभेन्ट अन्तर्गत २०० मिटर फ्री स्टाइलमा गौरिका सिंहले स्वर्ण जितेसँगै नेपालकाे स्वर्ण संख्या ३३ पुगेकाे हाे।

एकै सागमा नेपालले जितेको यो सबैभन्दा बढी स्वर्ण हो।

घरेलु मैदानमा २० वर्षअघि आयोजित ८ औँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो। त्यतिबेला कराँते र तेक्वान्दोमा १४–१४, बक्सिङमा दुई र पौडीमा एउटा स्वर्ण पदक जितेको थियो।

नेपालले पहिलो साग (तत्कालीन साफ गेम्स) मा ४, दोस्रो सागमा एक, तेस्रो सागमा दुई, चौथो सागमा एक, पाँचौँ सागमा दुई र छैटौँ सागमा एक स्वर्ण जितेको थियो।

यसैगरी सातौँ सागमा चार, नवौँ सागमा ७, दशौँ सागमा ७, ११ औँ सागमा ८ र १२ औँ सागमा ३ स्वर्ण पदक जितेको थियो।

ताजा अपडेट

५ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस