१३ औं साग: पुरुष म्याराथनमा किरणले दिलाए नेपाललाई स्वर्ण

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर २१, शनिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथन दौडमा किरण बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।

शनिबार दशरथ रंगशालामा भएको पुरुषतर्फको म्याराथन दौडमा किरणले निर्धारित दुरी २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा पुरा गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन् ।

त्यस्तै भारतका खेलाडीहरुले रजत र कांस्य पदक जितेका छन्।

यो सँगै जारी सागमा नेपालको खातामा स्वर्णको संख्या ४२ पुगेको छ ।

ताजा अपडेट

४ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस