पदक विजेता खेलाडीलाई प्रधानमन्त्री ओलीले बोलाए बालुवाटार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर २४, मंगलबार (५ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

मंसिर २४,काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो सरकारी निवास बालुवाटार बोलाएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले साग समापनका अवसरमा मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बालुवाटार बोलाएको जानकारी दिए । प्रधानमन्त्री ओलीले खेलाडीहरुमाझमा सागमा पदक जित्ने खेलाडीलाई पुरस्कार घोषणा गर्ने तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकामा संवद्ध सबैलाई धन्यवाद दिएका छन् ।

मंगलबार साग समापनका अवसरमा भिडियो सन्देश दिँदै उनले भूकम्पले क्षतिग्रस्त संरचना तयार पारेर साग आयोजना गर्नु ठूलो सफलता भएको बताए । दक्षिण एसियाली खेलकुदले दक्षिण एसियाली देश र जनताबीच एकता, मित्रता अभिवृद्धि गर्ने भन्दै उनले त्यो अपेक्षा यसपक सागले सफलतापूर्वक पूरा गरेको पनि प्रधानमन्त्री ओलीले बताए ।

आयोजक देशका खेलाडीको रुपमा नेपाली खेलाडीले अनुशासित, मैत्रीभाव र उत्कृष्ट प्रदर्शन गरेकामा प्रधानमन्त्रीले धन्यवाद दिएका छन् ।

ताजा अपडेट

८ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस