पौष ४, काठमाडौ । चालू आवको पहिलो ४ महिनामा कुल वस्तु निर्यात २३।९ प्रतिशतले वृद्धि भई रु। ३६ अर्ब २८ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो ।
नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चार महिनाको तथ्यांकमा यस्तो देखिएको हो । यस्तो निर्यात भारततर्फ ४५।६ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ छ प्रतिशत एवम् अन्य मुलुकतर्फ ४।७ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ । गोरखापत्र दैनिकमा खबर छ ।