नागरिकता संशोधन ऐनको विरुद्धमा भारतमा आन्दोलन, प्रहरीको गोलीबाट तीनको मृत्यु, इन्टरनेट बन्द !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष ४, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष ४, नयाँ दिल्ली । भारतमा ल्याइएको नागरिकता संशोधन ऐनको विरुद्धमा आन्दोलन झनै चर्किँदै गएको छ । यसैक्रममा बिहीबार वामपन्थी दलहरुले भारत बन्दको घोषणा गरेकोमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भयो भने सयौं मानिसहरु पक्राउ परेका छन् । वामपन्थी घटकहरुलाई अन्य विभिन्न पक्षले समर्थन गरेका थिए । विरोध प्रदर्शनका क्रममा सरकारले राजधानी दिल्लीसहित उत्तर प्रदेश र कर्नाटकमा संविधानको धारा १४४ लगाइदिएको छ ।

नयाँ नागरिकता कानुनमा पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आउने गैरमुश्लिम प्रवासीलाई भारतको नागरिकता दिने प्रावधान राखिएको छ । यसका आलोचकहरुले यो कानुनले भारतको धर्म निरपेक्षताको छबिमा असर गर्ने जनाउँदै आएका छन् । यो धारा अन्तर्गत चारजना भन्दा बढी मानिसलाई भेला हुन निषेध छ । देशका थुप्रै भागमा इन्टरनेट सेवा बन्द गरिएको छ भने राजधानी दिल्लीका कैंयौं मेट्रो स्टेशन हिजो बन्द गरिएको थिए ।

तर, विपक्षी र स्वतन्त्र नागरिकले पनि यो कुरा पत्याएका छैनन् । पीटीआईका अनुसार प्रहरीको फायरिङ्गमा कर्नाटका र मंगलगुरुमा दुईजनाको मृत्यु भएको छ । मंगलगुरुमा अहिले कर्फयु लगाइएको जनाइएको छ । अर्का एक व्यक्तिको मृत्यु लखनउमा भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस