भारतमा हिंसात्मक प्रदर्शन चर्किंदै, मारिनेको संख्या २० पुग्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष ५, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष ५, काठमाण्डौँ । भारतमा सुरु भएको प्रदर्शनमा मारिनेको संख्या २० पुगेको छ । शुक्रबार उत्तर प्रदेश राज्यमा एक ८ वर्षीय बालकसहित ११ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । शुक्रबार उत्तर प्रदेशमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । उत्तर प्रदेशमा मात्र ११ जनाको ज्यान गइसकेको छ। जसमध्ये वाराणासीमा ती बालकको किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य १० जनाको भने प्रहरीको गोलीबाट मृत्यु भएको हो ।

नोभेम्बर १२ मा भारतले अफगानिस्तान, पाकिस्तान र बंगलादेशबाट आएका मुस्लिमबाहेक अन्य धर्मावलम्बीलाई नागरिकता दिनेगरी कानुन पारित गरेपछि भारतमा हिंसात्मक प्रदर्शन चर्किंदै गएको छ । ‘शुक्रबार १० जना मारिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस