तीन महिनादेखि लागेको आगो नियन्त्रणमा नआएको भन्दै अष्ट्रेलियामा सरकारको आलोचना

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष ६, आईतबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष ६, काठमाण्डौँ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगलागीको संकटमा परेका बेला आफू निजी भ्रमणमा जानु परेको भन्दै माफी मागेका छन् । गत सेप्टेम्बरदेखि अष्ट्रेलियाका विभिन्न जंगलमा लागेका आगो नियन्त्रणमा नआइसकेका बेला प्रधानमन्त्री मोरिसन निजी भ्रमणमा गएपछि सर्वत्र आलोचना भएको थियो । करिब तीन महिनादेखि जारी रहेको आगलागीका कारण नौ जनाको मृत्यु भइसकेको छ भने हजारौं परिवार विस्थापित भइसकेका छन् ।

लामो समयदेखि आगो नियन्त्रणमा नआउँदा अष्ट्रेलियामा बाक्लो तुवाँलो लाग्नुका साथै अत्याधिक गर्मी बढेको समाचारमा जनाइएको छ । जलवायू परिवर्तन र त्यसको असरबारे विश्वव्यापी रुपमा बहस भइरहेका बेला आगलागी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै सरकारको तीव्र आलोचना भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस