यो भैंसी, जसले बीयर पिएपछि धेरै दुध दिन्छ

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष ७, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पुष ७, काठमाडौं । भारतको लखनउमा एक किसानले भैंसीमाथि अनौठो प्रयोग गरेका छन् ।

उनले आफ्नो भैंसीले बीयर पिएपछि धेरै दूध दिएको दाबी गरे ।
अहिलेसम्म भैंसीलाई पौष्टिक आहार खुवाएर बढी दूध दिएको खबर आउने गरेपनि बीयर पिलाएर धेरै दूध दिनु अचम्म हो ।

‘मैले जब भैंसीलाई बीयर पिलाउन थालें, तब भैंसीले बढी दूध दिन थालेको छ,’ उनले स्थानीय सञ्चारमाध्यमहरूसँग भने ।

उनको दाबीलाई सत्य मान्न नसकिने स्थानीयहरूले बताउँदै आइरहेका छन् । तर बीयर बनाउँदा फ्याँकिने वस्तुले चाहिँ भैंसीलाई पौष्टिक आहाराको काम गर्ने स्थानीय अगुवा कृषकहरूले बताएका छन् ।

‘भैंसीले बीयर होइन, बीयर बनाएपछि बाँकी रहेको वस्तु खाएको हुन सक्छ,’ एक अगुवा कृषकले भने, ‘बीयर दूधभन्दा महँगो पर्छ ।

त्यसैले धेरै दूध आउने भएपनि बीयर पिलाउनु सही होइन ।’

बीयर बनाएपछि बाँकी रहेको वस्तुमा कार्बोहाइड्रेट बढी हुन्छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस