भारतमा अत्यधिक चिसोले कम्तिमा ९२ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष १४, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाण्डौँ । भारतमा अत्यधिक चिसोका कारण दुई दिनमै कम्तिमा ९२ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । चिसोको कारण भारतका तीन राज्य उत्तर प्रदेशमा ५०, बिहारमा ३६ र झारखण्डमा ६ जनाको मृत्यु भएको हो ।

२२ वर्षपछि अत्यधिक चिसो मापन गरिएको भारतमा ज्यान गुमाउनेको संख्या थप बढ्ने अनुमान गरिएको छ । यस्तो लगातार चिसो भएको सन् १९९७ पछि पहिलोपटक हो । अधिकांश ठाउँमा न्यूनतम तापक्रम फ्रिजिङ पोइन्टभन्दा तल पुगेको छ भने ६ राज्यमा रेड अलर्ट जारी गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस