पौष १५, काठमाण्डौँ । अफ्रिकी मुलुक सुडानमा एक शिक्षकको हत्या गरेको आरोपमा २९ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ ।
राष्ट्रपति ओमार अल वशीरविरुद्धको आन्दोलनमा सहभागी भएका बेला पक्राउ परेका ३६ वर्षिय शिक्षक अहमद अल खाहेरलाई हिरासतमा यातना दिइ मारेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।