विप्लव समूहका नुवाकोट जिल्ला सेक्रेटरी पक्राउ

Post Thumbnail

पौष २२, नुवाकोट । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहका नुवाकोट जिल्ला सेक्रेटरी अशोक भन्ने विन्तोष सिलवाल सोमबार तार्केश्वरको पैयुटारबाट पक्राउ परेका छन् । २०७५ साउन ८ गते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा रोकिराखेको स्काभेटरहरुमा आगजनि गरी क्षति पुर्याएको आरोपमा सिलवाललाई प्रहरीको विशेष ब्यूरोले पक्राउ गरेको हो ।

सिलवाललगायत अन्य व्यक्तिहरुले कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी गरेका थिए । त्यसयता सिलवाल फरार थिए । पक्राउ परेका सिलवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै विशेष ब्यूरोले मोरङ केराबारी गाउँपालिका– १० बाहुनी घर भएका ४२ वर्षीय देव कुमार लिम्बुलाई पनि सोमबार पक्राउ गरेको छ । लिम्बुलाई हातहतियार तथा खरखजना संगठित अपराधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सहकार्य : रातोपाटी

ताजा अपडेट

खोजी गर्नुहोस