माघ ६, काठमाण्डौ । यमनको एक सैनय शिविरमा मिसाइल आक्रमण हुँदा ८० सैनिक मारिएका छन् । घटनामा दर्जनौं सैनिक घाइते भएका छन् । यमनको राजधानी सानाबाट १ सय ७० किलोमिटर पूर्वमा रहेको सैन्य शिविरमा प्रार्थना गरिरहेकाहरुमाथि मिसाइल प्रहार भएको हो ।
आक्रमण हुथी विद्रोहीले गराएको आशंका यमन सरकारले गरेको छ । यद्दपी सो समूहले घटनाको जिम्मेवारी लिएको छैन । यसैबीच यमनका राष्ट्रपति अब्द्रबुबु मन्सुर हादीले घटनाको भत्र्सना गरेका छन् ।