बाबुको हत्या गर्ने तीन किशोरी दिदीबहिनीलाई सजाय छुट भयो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ १८, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । आफ्नै बाबुको हत्या गर्ने तीनजना रुसी दिदिबहिनीले अदालतबाट कम सजाय पाउने भएका छन् । उनीहरुले हत्या गरेको ठहरिएपनि आत्मरक्षाका लागि घटना घटाएको ठहरिएको छ । अदालतले आवश्यक आत्मरक्षामा त्यस्तो घटना घटेको उल्लेख गरेको छ । सन् २०१८ को जुलाईमा किशोरी खाचाटुरियन दिदीबहिनीले सुतेको अवस्थामा बाबुमाथि छुरा प्रहार गर्नुका साथै कुटपिट गरेर हत्या गरेका थिए ।

बाबुले छोरीहरुमाथि यौन दुव्र्यवहार गर्नुका साथै कुटपिट गर्थे । क्रिस्टिना, एन्जेलेना र मारिया नामका दिदीबहिनी १७, १८ र १९ वर्ष उमेर हुँदा हत्या भएको थियो । उनीहरुलाई यसअघि २० वर्षको जेल सजाय तोकिएकोमा अदालतले सजाय घटाइदिएको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस