रेडियोको लोकप्रियता र सुन्ने स्रोताको संख्या घट्दै गएको भन्दै ‘बीबीसी हिन्दी’ रेडियो बन्द

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ २०, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ २०, काठमाण्डौ । भारतको लोकप्रिय रेडियो बीबीसी हिन्दी सेवा बन्द भएको छ । जनवरी ३१ तारिखमा अन्तिम कार्यक्रम गर्दै रेडियो बन्द भएको हो । सन् १९४० को मे ११ तारिखमा सुरु भएको यो रेडियोलाई एक वर्ष अघिदेखि नै बन्द गर्ने प्रक्रिया सुरु भएको थियो ।

रेडियोको लोकप्रियता र सुन्ने स्रोताको संख्या घट्दै गएकाले रेडियो बन्द गर्नु परेको बीबीसीले जनाएको छ । रेडियो बन्द भए पनि अनलाइन सेवा भने यथावत रहने खबरमा उल्लेख गरेको छ । दोस्रो विश्वयुद्धताका स्थापना भएको बीबीसी रेडियोको प्रसारण ऐतिहासिक रहेको पनि खबरमा उल्लेख गरिएको छ । संकटकाल र कुनै घटनामा बीबीसी रेडियोले प्रसारण गरेको खबरलाई आधिकारिक मान्ने गरिन्थ्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस