दिल्ली विधान सभा : आमआदमी ६२ र बीजेपी ८ सिटमा विजयी, कांग्रेस शून्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २९, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाण्डौ । भारतको राजधानी दिल्लीका लागि भएको विधान सभामा आमआदमी पार्टी ६२ सिटमा विजयी भएको छ । त्यसैगरी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) ले आठ सिटमा चित्त बुझाएको छ भने प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस शून्यमा छ ।

७० सिटका लागि शनिबार भएको निर्वाचनमा फेरि पनि पूर्वमुख्यमन्त्री अरबिन्द केजरिवालको आमआदमी पार्टीले बाजी मारेको हो । केजरिवालले मोदी नेतृत्वका पछिल्ला कदमहरु नागरिकता संशोधन कानुन र राष्ट्रिय पञ्‍जिकरणको खुलेर विरोध गरेका थिए । तर, बीजेपी भने केजरिवाललाई आतंकवादीको संज्ञा दिएको थियो ।

बीजेपीले जति प्रोपागान्डा फैलाए पनि केजरिवाल नेतृत्वको आमआदमी पार्टीले सन् २०१५ को नतिजालाई करिब दोहोर्‍याएका छन् । सन् २०१५ मा आमआदमी पार्टीले ६७ र बीजेपीले ३ सिटमा जिता हात पारेको थियो । दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरिवाल फेरि मुख्यमन्त्री बन्‍ने पक्का भएका छन् । उनले मंगलबार जित हात पारेसँगै हनुमान मन्दिर पुगेर दर्शन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस