फाल्गुण १, काठमाण्डौ । माछापुच्छे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । यहि फागुन २ गते देखि ७ गतेसम्म त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुने भएको छ । उक्त प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउने छन् । माछापुच्छ«े बैंक र एसएस इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ«े बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराईएको हो ।
उक्त पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ«्रे बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा ज्यूले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउदै माछापुच्छ«्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए । प्रमुख कार्यकारी अधिकृत, शर्माले यो वर्षको माछापुच्छ« बैंक, Corporate Super Sixes Tournament कर्पोरेट क्षेत्रको मात्र नभएर मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको बताए ।
एसएस इभेन्ट्स प्रालिको आयोजना तथा माछापुच्छ«े बैंक लि.को मुख्य प्रायोजनमा आयोजना हुने उक्त प्रतियोगितामा सर्वोत्कृष्ठ हुने खेलाडीले यमाहाको तर्फबाट एफजेड भी बाईक प्राप्त गर्नेछन् । प्रतियोगिता ५ ओभरको हुनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडी, ब्याट्सम्यान, बलर, फिल्डर, विकेटकिपरसहित सर्वा्धिक छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ ।
माछापुच्छे बैंक, सेन्चुरी बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंक, नबिल बैंक, नेपाल राष्ट्र बैंक, कुमारी बैंक, मेगा बैंक, ग्लोबल आईएमई बैंक, कामना सेवा विकास बैंक, प्राइम कमर्शियल बैंक, आईसीएफसी फाइनान्स, गोर्खा वित्त , एनसेल ए, एनसेल बी, नेपाल टेलिकम, सूर्य नेपाल, सिप्रदी, सुबिसु, भारतीय दूतावास, नेपाल जीवन बीमा लगायतका २३ कर्पोरेट हाउसहरुले यो वर्षको माछापुच्छ«े बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता सहभागिता जनाउने छन् ।
सहभागि टोलीलाई विभिन्न समूहमा विभाजित गरिनेछ, प्रत्येक टोलीले आफ्नो समूहमा एक अर्कासँग खेल्नेछ र प्रत्येक समूहका शीर्ष २ टोली प्री क्वार्टर फाइनलको लागि योग्य हुनेछन् । प्रतियोगिताका सम्पूर्ण खेलहरू प्राइम टाइम्स टेलिभिजन (प्रशारण पार्टनर) बाट प्रत्यक्ष प्रशारण हुनेछन् ।