पूर्वाधार विकास कार्यक्रम : सडक निर्माणलाई प्राथमिकता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

फाल्गुण २१, मोरङ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत यो वर्ष मोरङमा सडक निर्माणले प्राथमिकता पाएको छ । जिल्लाका ६ संसदीय निर्वाचन क्षेत्रमा कार्यक्रमअन्तर्गत आएको ३६ करोड बजेटमध्ये १ सय ६६ योजनामा करिब २० करोड ६ लाख खर्च गरिने भएको छ । त्यसबाट ७४ वटा सडक बनाइनेछ ।

पूर्वाधार निर्माणका लागिमात्रै बजेट खर्च गर्न सकिने भएकाले सांसदहरूले सहिद स्मृति प्रतिष्ठानदेखि प्रहरी चौकीसम्म भवन निर्माणको योजना छनोट गरेका छन् । जिल्लाका १७ स्थानीय तहमध्ये सबैभन्दा बढी विराटनगर महानगरमा ५ करोड ७१ लाखको ३६ वटा योजना परेको छ ।

दोस्रोमा सुन्दरहरैंचा नगरपालिकामा ३ करोड ६६ लाखको १६ वटा, तेस्रोमा रंगेलीमा २ करोड ८० लाखको ८ र जहदा गाउँपालिकामा २ करोड ७० लाखको १३ वटा योजना परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस