चैत्र १, काठमाण्डौ । बागमती प्रदेश सरकारले मकवानपुरको इन्द्रसरोबर सहित प्रदेशका एक सय वटा पर्यटकीय क्षेत्रको विकासको लागि गुरुयोजना बनाई काम सुरु गरेको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजनाले एक सय वटा योजनाको काम सुरु गरेको हो ।
चालु आर्थिक वर्षमा २९ वटा ठुला योजनाको ठेक्का मार्फत काम सुरु गरिएको छ भने ७० वटा योजानको उपभोक्ता समिति मार्फत काम हुदै आएको छ ।