कोटेश्वर-कलंकी सडक खण्डमा पनि लेन प्रयोगको नयाँ नियम लागू

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र २, काठमाण्डौ । कोटेश्वर कलंकी ८ लेन सडक खण्डमा यात्रुवाहक,मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजी साना सवारी साधनहरू सधैँ दाहिने दुर्त लेनबाट मात्र चलाउने नयाँ व्यवस्था आज देखि लागू गरेको छ । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले कोटेश्वरमा एक कार्यक्रम बीच संयुक्त रूपमा रिवन काटेर यो व्यवस्थाको शुरूवात गरेका छन् ।

सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति वसाउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरूले बोल्दै यस व्यवहारिक र रचनात्मक कार्यलाई अगाडी बढाउन उत्साहवर्धन गर्दै आगामी दिनमा साथ र सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गरे ।

देशकै पहिलो ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८० को हाराहारीमा सडक दुर्घटना बढेपछि महाशाखाले उक्त लेन अनुशासनलाई कडाईका साथ लागू गरेको हो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार सडकमा लेन हुँदा
पनि सवारी चालकहरूले सही लेन प्रयोग नगरेको र लेन परिवर्तन गर्दा पनि लापरवाहीका साथ गरेकाले सडक दुर्घटना भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस