काठमाडौँ वर्ल्ड स्कुल : अनुशासनमा कडाई, पारिवारिक वातावरणमा पढाई

Post Thumbnail

चैत्र ४, भक्तपुर । राजधानीको कोलाहाल वातावरणभन्दा पर कोटेश्वर–सल्लाघारी हुँदै भक्तपुरको सुर्यविनायक –७ गुण्डुमा पुगेपछि स्कुलपनि यस्तो हुन्छ र भन्ने मनमा पर्छ । शान्त, मनोरम र हराभरा ठाँउमा त्यसमाथी सुर्यविनायक जंगलको आडैमा रहेको स्कुल हो काठमाडौँ वर्ल्ड स्कुल !  स्कुलभित्र प्रवेश गरेपछि स्कुलमा आएको हो की  ! अथवा कुनै खोज अनुसन्धान गर्न विश्वविद्यालयमा आएको हो, हामी अल्मिलिन्छौँ । राजधानीमा अन्य कैयौ स्कुलहरु कोलाहालपुर्ण वातावरणमा रहदा यहाँभने चराचुरुङ्गीको चिरविरचिरविर, सल्लाका पातहरु ठोक्किएर आउने सिरिरि आवाजले एकैछिन भनेपनि मन बिसाईदिउ की जस्तो हुन्छ । वरिपरी फुलका बगैचा, संगै रहेका बालउद्यान, बालउद्यानमा खेलिरहेका साना–साना नानीबाबुको हसिलो अनुहारले प्रफुल्लित बनाउछ । यो सरस्वतीको मन्दिर हो काठमाडौँ वर्ल्ड स्कुल !

नेपालमा अन्तराष्ट्रिय स्तरको शिक्षा दिने उदेश्यका साथ काठमाडौँ वर्ल्ड स्कुलले विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेको छ । कक्षा १ देखी १२ सम्म अध्ययन/अध्यापन गरिने यो स्कुल चौधरी ग्रुपले सञ्चालनमा ल्याएको हो । खासगरी नेपालीहरु स्कुल तहको शिक्षा लिनपनि बाहिरी मुलुकमा गईरहेको सन्दर्भमा यो स्कुलको स्थापना गरिएको हो । भारतलगायत अन्य छिमेकी मुलुकमा पढ्न जाने विद्यार्थीलाई नेपालमै अन्तराष्ट्रिय शिक्षा दिने, विदेशी मुद्रा आर्जन गर्ने विदेशी विद्यार्थी भित्र्याउने काठमाडौँ वर्ल्ड स्कुलको मुख्य उदेश्य रहेको छ ।


नेपाली विद्यार्थी स्कुल तहमा कहाँ–कहाँ अध्ययन गरिरहेका छन ? भन्ने विषयमा वल्र्ड स्कुलले सर्भे समेत गरेको थियो । जसमा नेपाली बिद्यार्थीहरु महंगो पैसा तिरेर विदेशमा पढिरहेको पाइएको थियो । अभिभावकसंग टाढा बसेर त्यसमाथी विरानो शहरमा महंगो पैसा तिरेर विदेशमा पढिरहेका स्कुल तहका विद्यार्थीको पिरलाई सम्झिएर नै नयाँ अवधारणाका साथ काठमाडौँ वर्ल्ड स्कुल स्थापना गर्ने सोच आएको स्कुल व्यवस्थापन समितीका अध्यक्ष ई. मिथिलेश कुमार झा बताउछन ।

नेपालमा अन्य केही विद्यालयले आफु अन्तराष्ट्रिय स्तरको बताएर दावी गरेपनि वर्ल्ड स्कुलले सवै मापदण्ड पुरा गरेको छ । स्कुलमा कक्षाकोठाको साईज, विद्यार्थी राखिने संख्या, लिफ्ट, स्वीमिङ पुलदेखी खेलकुद गतिविधि तथा प्रयोगात्मक शिक्षालगायत सबै सुविधा काठमाडौँ वर्ल्ड स्कुलमा रहेको छ । स्कुलमा हाल ६ सय विद्यार्थी अध्ययन गरिरहेका छन । राजधानी लगायत देशका मुख्य शहरका विद्यार्थी यहाँ अध्ययन गरिरहेका छौँ । स्कुलमा पढाईको अलवा मनोरञ्जन, विवधि ज्ञान समेत प्रदान गरिनेछ ।

५५ रोपनी जग्गामा फैलिएको स्कुलमा ४८ रोपनी जग्गामा स्कुलका पुर्वाधार बनाईको छ भने ७ रोपनी जग्गामा होस्टेल निर्माण गरिएको छ । विगत ३ बर्षदेखि औपचारिक रुपमा शैक्षिक सत्रमा संलग्न काठमाडौँ वर्ल्ड स्कुलले आगामी दिनमा विदेशी विद्यार्थीलाई समेत आर्कषित गर्ने उदेश्य राखेको स्कुलका बरिष्ठ कार्यकारी अधिकृत शिवराज ओझाले अनलाईनकेन्द्रलाई बताए । उनले सरकारको नियममा रहेर स्कुलमा छात्राबृती प्रदान गरिएको बताए । ओझाले नेपाली विद्यार्थीले स्थानिय सरकारको नियममा नै रहेर शैक्षिक शुल्क लिएको बताए । सरकारले बनाएको नियम र कानुनमा नै रहेर काठमाडौँ वर्ल्ड स्कुल सञ्चालनमा रहेको बताउदै सरकारले लिएको शैक्षिक लक्ष्यलाई हासिल गर्न वर्ल्ड स्कुलले साथ दिइरहेको बताए ।

पौने २ अर्ब लगानीमा निर्माण सम्पन्न हुँदै

चौधरी ग्रुपद्धारा निर्माण गरिएको काठमाडौँ वर्ल्ड स्कुलको कुल लागत पौने २ अर्व रहेको छ । हालसम्म २ अर्ब लगानी गरिएको छ । स्कुलका अन्य संरचना बन्न अझै बाँकी छ । त्यसको लागी झण्डै ७५ करोड लाग्ने अनुमान गरिएको छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार सञ्चालन हुने स्कुलमा भुकम्प प्रतिरोधी भवन, फराकिलो कक्षाकोठा,सुव्यवस्थित लाईब्रेरी, प्रयोगात्मक कक्षा,स्वस्थ्य सुरक्षा तथा उपचार,यातायात सुविधा,होस्टल सुविधा, बोर्डिङ हाउस सुविधा रहेका छन । स्कुलमा विद्याथीको लागी मनोरञ्जन,स्विमिङ,बास्केटबल, क्रिकेट, भविबल फुटबल खेल समेत खेलाइन्छ । विद्यार्थीको रुची अनुसार उनिहरु विज्ञान, साहित्य, खेलकुद,मनोरञ्जन वा जुनसुकै क्षेत्रमा अभ्यास तथा प्रयोग गर्न पाउनेछन । यसको लागी काठमाडौँ वर्ल्ड स्कुलले संरचनाहरु बनाईरहेको छ । यही बर्षभित्र सबै किसिमका संरचना लगभग बनिसक्ने बरिष्ठ प्रशासकिय अधिकृत ओझाले बताए ।

अनुशासनमा कडाई, पारिवारिक वातावरणमा पढाई

काठमाडौँ वर्ल्ड स्कुलमा भर्ना हुन चाहने विद्यार्थीको अभिभावकले सुरुमै अन्तवार्ता दिनुपर्छ । जसमा आफ्ना बच्चाहरुले काठमाडौँ वल्र्ड स्कुलमा के, कसरी पढ्नेछन ?, सुविधा के–के छ ? उनिहरुलाई घरमा पढ्न कसरी सघाउने ? स्कुलमा के–कस्ता नियम छन ? यी सबै कुरामा अभिभावक सहमत भएपछि मात्रै अभिभावकले आफ्ना बच्चा काठमाडौँ वर्ल्ड स्कुलमा भर्ना गराउन पाउछन । काठमाडौँ वल्र्ड स्कुलकी उप–प्रधानाध्यापक वानी राणाले स्कुलमा विद्यार्थीले घरको वातावरणमा पढ्न पाईरहेको बताईन । उनले भनिन– ‘बच्चालाई ठाँउको अभाव छैन, उनिहरुलाई सफा, शान्त र सुन्दर ठाँउमा शिक्षा दिईरहेका छौँ ।’ उनले काठमाडौँ स्कुलमा भर्ना भएका बिद्यार्थीलाई घरमा भन्दा स्कुल मै आउआउ लाग्ने वातावरण बनाएको बताईन । उनले स्कुलमा अनुशासनसंगै स्वतन्त्र वातावरण रहेको बताईन । १ देखी ३ सम्म १ घण्टाको पढाई र त्यसभन्दा माथीकालाई ४५ मिनेटको पढाईसंगै अन्य अतिरिक्त क्रियाकलाप गराउने बताईन । कक्षा १ बाहेक विहान ८ बजे स्कुलमा सबै बिद्यार्थी आईसक्छन । साना कक्षाका बिद्यार्थी साँढे आठमा स्कुल आईसक्छन । उनिहरुलाई बे्रकफास्ट, लन्च र स्नाक्सको व्यवस्था छ । भक्तपुरको सुर्यविनायकको काठमाडौँ वर्ल्ड स्कुलमा कलंकीदेखी बिद्यार्थी आउने गर्छन । स्कुलमा राजधानीबाहेकका विद्यार्थीलाई होस्टलमै राखेर अध्यापन गराईन्छ । आफ्नै स्कुलका साधनमा बिद्यार्थीलाई आवातजावात गराईन्छ । स्कुलमा होमवर्कको भारी कहिल्यै नबोकाउने उप-प्रधानाध्यापक राणाको भनाई थियो ।

प्राथामिकतामा नेपाली पाठ्यक्रम

राणाले बिद्यार्थीलाई आफैँ अध्ययन र अनुसन्धानमा अग्रसर गराउन शिक्षकहरुले अभिप्रेरित गर्ने बताईन । उनले यसोगर्दा कहिलेकाँही अभिभावक भुक्किने अवस्था आएको बताउदै यसबारे अभिभावकलाई स्कुलले पहिल्यै जानकारी गराउने बताईन । राणाले नेपाली पाठ्यक्रमलाई पहिलो प्राथामिकतामा राखेको बताउदै सबैभन्दा पहिला राष्ट्रिय शिक्षालाई परिवर्तित अवस्था अनुरुप महत्व दिएको बताईन । राष्ट्रिय पाठ्यक्रमलाई पहिलो प्राथामिकता दिँदै अन्तराष्ट्रिय शिक्षालाई संगै लिएर अघि बढेको उनको भनाई थियो । उनले सबै विद्यार्थीलाई एउटै नियम लागु हुने बताउदै काठमाडौँ वर्ल्ड स्कुलले आगामी दिनमा हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ती उत्पादन गर्नमा जोड दिएको बताईन ।

ताजा अपडेट

खोजी गर्नुहोस