सन्तोष सुवेदी
चैत्र ७, धादिङ । बुढीगण्डकी मुआब्जा बितरणमा अमियमितता तथा कमी भएको भन्दै आन्दोलन गर्दै आईरहेका पिडितहरुको आन्दोलन स्थगित भएको छ । बुढीगण्डकी जलबिद्युत् आयोजना राष्ट्रिय सरोकार समितीले आयोजनाको मुआब्जा बितरणमा भएका अनियमितता, घर, गोठ, बोट बिरुवाको मुआब्जा स्वरुपको रकम तत्काल बितरण गर्नुपर्ने, पुनर्वास तथा पुनस्थापनाको काम छिटो गर्नुपर्ने भन्दै आन्दोलन गर्दै आएको संघर्ष समितीले तत्कालको अबस्थालाई ध्यानमा राखेर स्थगित गरिएको संघर्ष समितीका सँयोजक हरेराम ढकालले बताएका छन् ।
बिश्वमा देखिएको भयावह स्थितीलाई मध्यनजर गर्दै संघर्ष समितीका निर्धारित सबै कार्यक्रम बन्द भएको बिज्ञप्ति मार्फत जानकारी गराईएको छ । कोरोना भाइरस कोभिड १९ को महामारीको अबस्था तथा सरकारले २५ जनाभनदा बढी ब्यक्ति भेला हुन नपाउने भनेसँगै आन्दोलनका कार्यक्रम स्थगित गर्नुपरेको संयोजक हरेराम ढकालले बताए । अहिले देशमा संकटको स्थिती आउन लागेकाले सबै मिलेर ऐकबद्धता जनाउनुपर्ने भन्दै उनले आगामी दिनमा भने आन्दोलन जारी रहने बिज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
कोरोना भाइरसबाट बच्न तथा अरुलाई पनि सचेत बनाउन संघर्ष समितीले अनुरोध समेत गरेको छ ।
धादिङ र गोर्खाको सिमानामा निर्माण हुन लागेको बुढीगण्डकी आयोजना नेपाल सरकारले बनाउन लागेको बिषेश आयोजना हो । १२ सय किलोवाट बिद्युत् उत्पादन क्षमतामा राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण हुन लागेको यो आयोजना निर्माणका लागी आर्थिक स्रोत संकलन देखि बिभिन्न तयारी सरकारले गरिरहेको छ । धादिङ र गोर्खा तर्फका नागरिकहरुलाई मुआब्जा बितरणको काम भईरहेको छ । जग्गाको स्थिती हेरेर मुआब्जा बितरण गरिएपछि मुआब्जा समान नभएको भन्दै संघर्ष समितीले आन्दोलनका कार्यक्रमहरु गर्दै आईरहेको छ ।