चैत्र २१, काठमाण्डौ । कोरोना भाइरस कोभिड १९ का कारण बिश्वभर त्रासदीपुर्णको अबस्थामा अहिले देश पुरै लकडाउनमा छ । अत्याबश्यक अबस्थामा बाहेक नागरिकहरु घरबाहिर निस्कन पाएका छैनन् । सडकहरु प्नि सुनसान छन् भने अत्याबश्यक खाद्यान्न, दुध, तरकारी लगायतका ढुवानी सेवाहरु मत्र सडकमा फाट्टफुट्ट देखिने गरेको छ । सरकारले लकडाउन गरेको आज शुक्रबार ११ दिन पुगेको छ । यो लकडाउन चैत्र २५ गतेसम्म जारी रहनेछ ।
तर लक डाउनको मौका पारेर सडक विभागले सडक मर्मत तथा सुधार कार्यको थालनी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङको सक्रियता निकै देखिएको छ । काठमाण्डौका अधिकांस सडक अहिले उच्चकोटीका बनेका छन् । यातायात मन्त्री आएपछि सडक क्षेत्रको बिकासमा कायापलट नै आएको छ । नेवाङ्को इच्छाशक्ति र सक्रियतासँगै मन्त्रालय तथा विभागलगायत कार्यालयका प्रमुखहरूले इमानदारी प्रयासले उपत्यकाका सडकको अवस्थामा स्तरोन्नति भएको स्वयम् उनी बताउँछन् ।
यो माहामारीको अबस्थामा सरकारले सबैलाई घरमा नै रहन आग्रह गरिरहेको अबस्थामा मन्त्री नेवाङले भने बिकासलाई नै प्राथमिकता दिएर काम गरिरहेका छन् । हुने बिरुवाको चिल्लो पात भने झै कार्यभार सम्हालेको करिव ९ महिना पनि नहुँदै यत्तिका बिकास हुनु अन्य मन्त्रीको तुलनामा निकै बढी हो । सत्तामा बसेर काम नगर्ने, कुरा मात्र ठूला गर्ने नेता तथा मन्त्रीलाई उनले पाठ नै सिकाएका छन् ।
थोरै जनशक्तिमा गुणस्तरीय काम गर्न सकिने भएकोले पनि खालीको मौकामा कामदारहरूबिच सामाजिक दुरी कायम राखेर काम गरेको मन्त्रीले बताएका छन् । पछिल्लो समय उपत्यकाका सडकहरूको स्तरको स्तरमा उल्लेख्य सुधार भएको छ । प्रधानमन्त्रीले सचिव तथा मन्त्रीलाई डाकेर सडकका खाल्टाखुल्टी टार्न निर्देशन दिनु परेको छैन । प्रधानमन्त्रीका विकास विज्ञ इन्जिनियर गजेन्द्र थपलियाको संयोजन, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ इच्छाशक्ति र सक्रियतासँगै मन्त्रालय तथा विभागलगायत कार्यालयका प्रमुखहरूले इमानदारी प्रयासले उपत्यकाका सडकको अवस्थामा स्तरोन्नति भईरहेको छ ।
सधैँ भिडभाड र ठेलमठेल हुने उपत्यका अहिले सुनसान प्रायः छ ।
लक डाउनको समय अझै केही दिन बढ्ने देखिन्छ । यही समयमा मर्मत, पिच तथा अन्य बाँकी कामहरू सक्काउन पाए कोरोना सङ्क्रमणलाई अवसरको रूपमा पनि हेर्न सकिने छ । यद्यपि कामदार तथा कर्मचारीको स्वास्थ्यलाई भने ख्याल राख्नै पर्छ । क्यारेन्टिनसहित सामाजिक दुरी कायम राख्दै सीमित जनशक्तिबिच सम्पन्न गर्न सकिने कामहरू यही बिचमा सक्न पाए त्यो उपलब्धिमूलक नै हुनेछ, मन्त्री नेवाङ्को भनाई छ ।
यसो त सरकारले महत्वपुर्ण विकाशका आयोजना समेत सञ्चालन गरिरहेको छ । राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने ठुला आयोजना, मेलम्ची खानेपानी आयोजना , तामाकोशी जलबिद्युत आयोजना लगायतका विकासमा कामहरु नियमित सञ्चालनमा छन । सरकारले लकडाउनमा कोरोनाबाट जोगिने उपाय अवलम्बन गर्दै यस्ता आयोजना सञ्चालन गरिरहेको हो ।
बाहिरका कामदारहरु आउन नदिने र भित्रका कामदारलाई पनि सुरक्षाका सबै उपाय अपनाएर कामलाई निरन्तरता दिइरहेको छ । अरु आयोजनाहरुले आफ्नै क्षेत्रका कामदारहरुमार्फत् काम गराउन सक्छन् भने स्थानीय प्रशासनले त्यसमा सहजीकरण गर्ने सरकारको योजना अन्तर्गत काम भइरहेको छ ।