निर्माण व्यवसायी महासंघले सात प्रदेशलाई ९१ लाख सहयोग गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र २७, बिहिबार (५ साल अघि)
  • ५१ पटक पढिएको
Post Thumbnail

चैत्र २७,काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले प्रत्येक प्रदेश सरकारलाई कोरोना भाईरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि रू.१३ लाखका दरले सहयोग रकम जम्मा गर्ने भएको छ। निर्माण व्यवसाय विकास परिषद् अन्तर्गत निर्माण व्यवसायी कोषकोबाट खर्च हुने गरि कोरोना भाइरस (कोभिड-१९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सात वटा प्रदेशलाई जम्मा रू.९१ लाख सहयोग गर्ने निर्णय भएको हो । यो सहयोग रकम महासंघ अन्तर्गतका प्रदेश महासंघको समन्वयमा भएको महासंघले बताएको छ ।

साथै यसअघि पनि महासंघले भाइरस (कोभिड-१९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्र सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस