हेटौंडामा ज्वरोबाट वृद्धाको मृत्यु, स्वाब परीक्षण गरिँदै

Post Thumbnail

चैत्र २८, हेटौंडा । मकवानपुरको हेटौँडामा एकजनाको ज्वरोका कारण मृत्यु भएको छ । बुद्धचोक निवासी करिब ८१ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि परिवारका सदस्यले स्वाब परीक्षणका लागि चिकित्सकलाई फोन गरेका थिए ।

केही दिनअघिबाट आएको ज्वरो नघटेपछि उनको मृत्यु भएको खुलेको छ । ज्वरो आउनु अगाडि ती वृद्धा कुनै पनि स्थानमा आवतजावत नगरेको परिवारिक स्रोतले जानकारी दिएको हेटौँडा अस्पतालका डाक्टर हरिबहादुर खड्काले बताए । सम्भावित कोरोना संक्रमणको आशंकमा उनको स्वाब परीक्षणका लागि हेटौंडास्थित प्रयोगशाला पठाइएको खड्काले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस