काठमाण्डौमा फोहोर व्यवस्थापन प्रभावकारी, नुवाकोट सिसडोलबासिलाई स्वास्थ्य सामाग्री बितरण गरिने

Post Thumbnail

चैत्र २९, काठमाडौँ । कोराना भाइरसविरुद्ध गरिएको लकडाउनको समयमा पनि उपत्यकाको फोहोर व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको छ । फोहोर सङ्कलन र व्यवस्थापन नियमित रूपमा गरिरहेको स्थानीय तहले बताएका छन् । शुक्रबार लकडाउनको १८औँ दिन हो । लकडाउन भएपछि स्थानीयवासीले सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न दिएका थिएन । अहिले सिसडोलमा अवरोध हटेपछि काठमाडौँ र ललितपुर महानगरपालिकाको फोहोर ल्यान्डफिल साइट लगिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका वातावरण शाखाका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौँ महानगरपालिकाबाट दैनिक उठ्ने फोहोरको मात्रा अहिले घटेको बताए । उनका अनुसार यसअघि साधारण अवस्थामा दैनिक चार सय ट्रकसम्म फोहोर ल्यान्डफिल साइट लगिन्थ्यो । लकडाउनको समयमा भने घरायसी फोहोर मात्र सङ्कलन र व्यवस्थापन गर्नुपर्ने भएकाले फोहोरको परिमाण घटेको बताए । अहिले काठमाडौँ महानगरपालिकाले १२० देखि १२५ ट्रक फोहोरमैला ल्यान्डफिल साइट पु¥याइरहेको प्रमुख श्रेष्ठले बताए ।

फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि मास्क, पञ्जा र बुट जस्ता सामग्री उपयुक्त तरिकाले प्रयोग गर्न सचेत गराइएको उनले बताए ।
बजारमै अभावका कारण व्यक्तिगत सुरक्षा सामग्री पीपीई भने सबै सफाइ कर्मचारीलाई दिन नसकेको उनले जानकारी दिए । उनले सबै सफाइ कर्मचारीलाई पीपीई वितरण गर्ने प्रयास गरिरहेका छौँ । विभिन्न ठाउँबाट प्राप्त एक सय थान पीपीई भने वितरण गरिसकेको जानकारी दिए । पीपीई नभए पनि नगरपालिकाले बर्सेनि वितरण गर्ने मास्क, पञ्जा र बुट नियमित प्रयोग गर्न प्रोत्साहन गरिरहेको बताए । उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने स्थान नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइट वरपरका स्थानीयवासीलाई पनि मास्क, पञ्जा, सेनिटाइजर तथा सफाइ सामग्री र ज्वरो जाँच्ने उपकरण चाँडै वितरण गरिने वातावरण विभाग प्रमुख श्रेष्ठले बताए ।
त्यस्तै उनले काठमाडौँ महानगरपालिकाले सरसफाइ कर्मचारीको दैनिक थर्मल ज्वरो जाँच र स्वास्थ्य निगरानी गरिरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस