विरगञ्जमा बसेका ३ भारतीय नागरिकमा कोरोना संक्रमण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ३०, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र ३०,काठमाडौँ । पर्साको वीरगञ्जस्ति नारायाणी अस्पतालको आइसोलेसनमा रहेका तीन जना भारतीय नागरिकलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा उनीहरुको नमूना परीक्षण गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

उत्तर प्रदेशका वासिन्दा भनिएका उनीहरु वीरगञ्ज वार्ड नम्बर(२ स्थित छप्कैया मस्जिदमा १५ दिनअघि देखि बस्दै आएका थिए । उनीहरुमा कोरोनाभाइरसको लक्षण देखिएपछि विरगञ्ज वडानम्बर २ का अध्यक्ष अब्बास मियाँले बिहीबार १ बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याएका थिए । मस्जिदमा रहेका २ दर्जन बढीको स्वाब परीक्षणका लागि हेटौँडा पठाइएकोमा ३ जनाको नतिजा पोजेटिभ आएको थियो ।

पहिलो रिपोर्ट पोजेटिभ आउने बित्तिकै प्रहरीले वीरगन्ज २ छपकैयास्थित श्रीराम हल अगाडी मेनरोडमा रहेको मस्जिदबाट दुई दर्जनभन्दा बढी मुस्लिम धर्मप्रचारकलाई नियन्त्रणमा लिई छप्कैया सिद्धार्थ माविको क्वारेन्टाइनमा पठाएको छ । प्रहरीले नियन्त्रणमा लिएका अधिकांश भारतको उत्तर प्रदेश र दिल्लीबाट आएका हुन् । मस्जिदमा विगत केहि दिनदेखि बस्दै आइरहेको अवस्थामा प्रहरीले शनिबार बेलुका नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस