बाग्लुङकी एक महिलाको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ, थप परीक्षण गर्न पोखरा पठाइयो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख १, काठमाण्डौ । बाग्लुङ काठेखोला गाउँपालिकाकी एक महिलाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा नतिजा पोजेटिभ देखिएको बताईएको छ । उनका कान्छो छोराले आमाको र्‍यापिड टेस्ट गर्दा नतिजा पोजेटिभ आएको र थप परीक्षण गर्न सल्लाह भइरहेको बताए ।

आइतबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्नलाई स्वास्थ्यकर्मीको टोली काठखोला गाउँपालिका पुगेको थियो । आमा र दाजुभाउजू पनि एक महिनाअघि भारत तीर्थ गएर आएकाले परीक्षण गराउन पुगेको उनले बताए । उनले आमाको नतिजा पोजेटिभ देखिएपछि कर्मचारीले देखाएको स्वभाव ठीक नभएको भन्दै गुनासो पोखे । नतिजा पोजेटिभ आएपछि थप परीक्षण गर्न पोखरा पठाइएको समेत जानकारी प्राप्त भएको छ । बाग्लुङ स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले महिलाको स्वाब पुन परीक्षणको लागि पोखरा पठाइएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस