संक्रमण नपाइए पछि बुहारी डिस्चार्ज, अन्यको परीक्षण बारे छलफल हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ४, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख ४, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ९ स्थित सनसिटी अर्पामेन्टमा बस्ने कोरोना संक्रमित परिवारको बुहारीमा कोरोना संक्रमण नभएको पुष्टि भएपछि पाटन अस्पतालबाट डिस्चार्ज भइ घर फकिएकी छिन् ।

उक्त अपार्टमेन्टमा बुधवार २९६ जनाको ¥यापिड टेस्ट गरिएको र सबैको रिपोट नेगेटिभ आएकाले बुधबार थपको परीक्षण गर्ने कि न गर्ने भन्ने अझै टुङ्गो नलागेको कागेस्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिए । उनले संक्रमित परिवारको बुहारीमा समेत संक्रमण नभएको पाइएको र ¥यापिड टेस्टमा पनि सबै नेगेटिभ आएकाले स्वास्थ्य सेवा विभागका अधिकारीहरूले अहिले थप परीक्षण गर्नु आवश्यक नभएको अनौपचारिक रुपमा बताएको तर निर्णयमा नपुगेको बताए । उनले सो अपार्टमेन्टका बासिन्दाले भने केही थपमा परीक्षण हुनु पर्नेमा माग गरेको पनि जानाकारी गराए । अपाटमेन्टभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका स्वास्थ्यर्कीहरुले बुधबार ¥यापिड टेस्टबाट २९६ को स्वास्थ्य परीक्षण गरेको थिए ।
सोमवार उक्त अपामेन्टमा बस्ने तीनजनालाई कोरोना भाइरसको सङ्क्रमणको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएपछि सरकारले अपामेन्टलाई सिल गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस