चीनको गोन्जाओबाट स्वास्थ्य सामग्री लिएर दुई वाइडबडी विमान काठमाडौं आइपुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ५, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

वैशाख ५, काठमाण्डौ । नेपाल एअरलाइन्सका दुईवटा वाइडबडी विमान चीनको गोन्जाओबाट स्वास्थ्य सामग्री लिएर काठमाडौं फर्किएको छ । १५ मिनेटको फरकमा दुवै विमान त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

एउटा बिहान ७ र अर्को विमान ७ बजेर १५ मिनेटमा काठमाडौं विमानस्थल अवतरण गरेका हुन् ।
कोभिड १९ को रोकथाम तथा उपचारका लागि निजी क्षेत्रले खरीद गरेको सामग्री लिन निगमका दुई जहाज हिजो साँझ चीनको गोन्जाओतर्फ उडेको थियो । निगमले यसअघि पनि स्वास्थ्य सामग्री ल्याउन तीनपटक काठमाडौं गोन्जाओ कार्गो चार्टर्ड उडान गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस