बाग्लुङ्की ६५ वर्षीया छैठौ संक्रमित अस्पतालबाट डिस्चार्ज !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ७, आईतबार (५ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

वैशाख ७, पोखरा । कोरोना भाइरस कोभिड १९ बाट संक्रमित बागलुङका ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरस मुक्त भई अस्पतालबाट डिस्चार्ज भएकी छिन् । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसुलेसनमा उपचाररत पौडेलको तेस्रो र चौथो स्वाब परीक्षणमा कोरोना संक्रमण नभएको पाइएपछि अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

डिस्चार्जपछि पौडेलले आफूले जसरीपनि कोरोना भाइरसलाई जित्ने अठोटका साथ कोरोना भाइरसलाई जित्न सफल भएको बताए । छोरीलाई भेट्नका लागि बेल्जियम गएर फर्कदा भाइरस संक्रमण भएको पुष्टी भएपछि अस्पतालका डाक्टरहरुको सल्लाह अनुसार व्यवहार गरेकाले जित्न सहज भएको बताए ।
१६ दिनसम्म अस्पतालको आइसुलेसनमा बसेर उपचार गर्दा प्रयाप्त मात्रामा पानी पिएको र अस्पतालले दिने खाना, खाजा तथा अन्य औषधीहरु नियमित रुपमा सेवन गरेको पौडेलले बताए। आफ्नै घर नजिकको अस्पतालबाटै कोरोनाको उपचारपछि फर्कन पाउँदा खुसी लागेको भन्दै पौडेलले संक्रमण लाग्दै नदिनका लागि सबै उपाय अपनाउन र लागीहालेपनि नआत्तिन सबैलाई आग्रह गरेका थिए ।
‘मलाई कोरोनाको संक्रमण भएपनि शारिरिक रुपमा कुनै समस्या थिएन, विश्वका हजारौं मानिसको ज्यान लिएको कोरोनालाई जित्छु भन्ने अठोटका कारण ६५ वर्षको उमेरमा कोरोनालाई जितेर घर फर्केको छु ।’ पौडेलले भने । धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन डा। शैलेन्द्र बि। पौडेलले उहाँलाई नियमित दिइरहेका औषधी दिने र दुई साता होम क्वारेन्टाइनमै बस्ने गरी डिस्चार्ज गरिएको बताए ।
संक्रमित महिलाका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको समेत स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमा दोस्रो, पाँचौ र छैठौं संक्रमित एउटै विमानबाट नेपालमा आएका थिए । ती मध्य काठमाडौंमा उपचाररत दोस्रो संक्रमित र बागलुङमा उपचाररत छैठौ संक्रमित एकै दिन कोरोना मुक्त भएका छन् । पाँचौ संक्रमित युवतीको भने चौथो रिपोर्ट समेत पोजेटिभ आएकाले अस्पतालमा उपचार गराइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस