वैशाख १५, काठमाण्डौ । नेपालमा हालसम्म फेला परेका ५१ जना कोरोना संक्रमितमध्ये झण्डै एक तिहाई स्वास्थ्य लाभ गरी घर फर्किएका छन् । आइतबार एकैदिन वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना निको हुने बिरामीको संख्या १६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
आइतबार डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक छन्। प्रवक्ता देवकोटाले देशभरका अस्पतालमा उपचाररत अन्य ३५ जना संक्रमितको स्वास्थ्यअवस्था भने सामान्य रहेको बताएका छन्। मन्त्रालयका अनुसार देशभर शंकास्पद संक्रमित एक सय दश जना आइसोलेशनमा रहेका छन्। काठमाडौं उपत्यकामा ६ जना र काठमाडौंबाहिर एक सय चार जना रहेका छन्।