कोरोना संक्रमितको संख्या ५४ पुग्यो, भारतबाट आएका २ पुरुषमा संक्रमण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १६, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख १६, काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । पछिल्लोपटक रौतहटमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी दिएको छ ।

संक्रमित दुवै पुरुष रहेको र भारतबाट नेपाल आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार पीसीआर प्रविधिबाट कुल १० हजार ८ सय ७ वटा स्वाब नमूना परीक्षण गर्दा ५४ जनामा कोभिड– १९ पुष्टि भएको छ । अन्य १० हजार ७ सय ५३ नमूनामा भने कोभिड– १९ भेटिएन । यसैगरी ४४ हजार १९ जनाको आरडीटी परीक्षण गरिएको छ । कोरोना पुष्टि भएर उपचार गरी १६ जना डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस