बुधबार थप ३ जनामा कोरोना सङ्क्रमण, कुल परीक्षण ५७ हजार १ सय ८९ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १७, बुधबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

वैशाख १७, काठमाण्डौ । सरकारले आज थप ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । काठमाण्डौको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य ता जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उनीहरु भारतबाट नेपाल आएर क्वारेन्टीनमा रहेका व्यक्ति हुन् । यस अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने चार जनामा सङ्क्रमण भएको जनाए पनि मन्त्रालयले तीन जनामा मात्रै पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने सङ्क्रमितमध्ये पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चौबीस घन्टामा कोरोना भाइरसको परीक्षण २ हजार ३ सय ६७ पुगेको जानकारी दिएको छ । अहिलेसम्म कोरोना भाइरसको कुल परीक्षण ५७ हजार १ सय ८९ पुगेको छ । पिसिआरबाट ११ हजार ५ सय २४ जनाको कुल परीक्षण भएको हो भने र्‍यापिड टेस्टबाट ४५ हजार ६ सय ६५ जनाको परीक्षण भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा। विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । यस्तै हाल देशभर २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ । आइसोलेसनमा भने कुल ८७ जना रहेको जसमा उपत्यकाभित्र ४ जना र उपत्यका बाहिर ८३ जना रहेको उनले जानकारी दिए । यस्तै उनले रेडजोनमा देशभर ३ सय १० जना रहेको बताए, जसमा गत चौबीस घन्टामा १ जना रेड जोनमा परेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस