वैशाख १८, काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । मन्त्रालयले स्थानीय तहको समन्वयमा नतिजा प्रकाशन गर्न भनेको हो । साथै बन्दाबन्दी र समाजिक दुरीलाई कायम राख्दै भर्ना लिन र पाठ्य पुस्तकको व्यवस्था गर्न भनेको छ ।
प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले नियमित कक्षा सञ्चालन नहुँदासम्म बालबालिकालाई घरमै बसेर सिक्ने अवसर सुनिश्चित गर्न दुर शिक्षा कार्यक्रम लगायतका वैकल्पिक अनलाइन वा अफलाइन सिकाइका अवसर दिन पनि भनेको छ ।