वैशाख १९, काठमाण्डौ । सरकारले लोकसेवा आयोगले सञ्चालन गर्ने पदपूर्तिका सबैजसो कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले आयोगको सबै परिक्षा र पदपूर्ति सम्वन्धी सबै कार्य स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सुचना र अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
विभिन्न निकायमा रिक्त दरबन्दी पदपूर्तिका लागि लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्ति सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्म स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने निर्णय पनि सरकारले गरेको हो ।