मोरङको कोशी अस्पतालमा उपचाररत ६ जनालाई डिस्चार्ज गर्ने तयारी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २४, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख २४, मोरङ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका ६ जनालाई डिस्चार्जको तयारी गरिएको छ । उपचार केन्द्रमा उपचाररत ३१ जनामध्ये ६ जनामा दोस्रो र तेस्रो पटक पनि कोरोना संक्रमण नेगेटिभ देखिपछि डिस्चार्जको तयारी गरिएको हो । उदयपुरको भुल्केबाट वैशाख ५ र ६ गते अस्पतालमा ल्याएर भर्ना गरिएका १३ जनामध्ये ६ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको हो । प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार दोस्रो र तेस्रो पटकको परीक्षणमा समेत कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार दिहान घर पठाइने भएको छ ।

कोरोना रिपोर्ट नेगेटिभ आएकाहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्मद राशिद रहेका छन् । कोरोना भाइरस नेगेटिभ देखिएका ६ जनालाई रानीस्थित मस्जिदमा रहेको क्वरेण्टीनमा सारिने कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा।संगिता मिश्राले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस