नेपालमा थप १७ जनामा कोरोना पुष्टि : २ महिने शिशुमा पनि देखियो, ९९ पुग्यो संख्या !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २४, बुधबार (५ साल अघि)
  • ४२ पटक पढिएको
Post Thumbnail

वैशाख २४, काठमाण्डौ । नेपालमा पहिलो पटक दुई महिनाको शिशुमासमेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये सात महिला र १० पुरुष छन्। यो सँगै संक्रमितको संख्या ९९ पुगेको छ । २२ जना भने निको भएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् । अहिलेसम्म क्वारेन्टाइन १९ हजार सात सय ३४ जनाको उपचार भइराखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस