वीरगञ्जमा एकै परिवारका १८ जनामा कोरोना संक्रमणको पुष्टि ,पर्सा जिल्लामा संक्रमितको संख्या २४ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २५, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख २५, वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्जका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको सख्या २४ पुगेको छ भने १८ जना एउटै घरका रहेको खुलेको छ । बुधबार वीरगञ्जका १० जना पुरुष र ७ जना महिला गरी १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै वीरगञ्जका संक्रमितहरुमध्ये १८ जना एकै घर परिवारका रहेका छन् ।

गत २१ गते संक्रमणको पुष्टि भएका व्यक्तिको घर परिवारका अन्य १७ जनाको पिसिआर परीक्षण गर्दा सबैमा कोभिड १९ को संक्रमण पोजेटिभ देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले बताए । दुईमहिनादेखि १४ वर्ष उमेर समूहमा नौजना र २२ देखि ६७ वर्ष उमेर समुहका ८ जना गरी बुधबार वीरगञ्जका थप १७ जना एउटै परिवारका व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएपछि पर्सामा कूल संक्रमित २४ जना त्यसमा एउटै परिवारका संक्रमितको संख्या १८ पुगेको हो ।

गत वैशाख २१ गते आईतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले कोरोना संक्रमित भएका ति युवकको घर परिवारका १७ जना सदस्यहरुलाई अन्य मानिसहरुको सम्पर्कमा आउन नदिने गरी घर नै सिल गरेको थियो र उनीहरुको र अन्य संक्रमितको सम्पर्कमा आएका भनिएकाहरुको गरीे ७० जनाको स्वाबको नमूना संकलन सोमबार नै परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएकोमा परीक्षण पश्चात एउटै परिवारका १७ जनामा पोजेटिभ देखिएको हो ।

आज बुधबार २४ गते १७ जना , २१ गते १ जना , १७ गते १ जना , १४ गते २ जना र गत चैत ३० गते ३ जना गरी पर्सा जिल्लामा संक्रमितको सख्या २४ पुगेको छ । जसमध्ये ३ जना निको भएर डिस्चार्ज भई फकिएका थिए भने डिस्चार्ज भई गएकालाईलाई पनि पुनः संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरि गत आईतबार देखि नै नारायणी अस्पतालमा भर्ना गरिएको छ ।

गत आईतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषका परिवारका १७ सदस्यमा पनि संक्रमण पोजेटिभ देखिएपछि घरबाट अस्पताल ल्याउने तयारी गरिएको नारायणी अस्पतालका चिकित्सक निरजकुमार सिंहले बताए ।

अस्पताललाई आधिकारिक जानकारी आउनुभन्दा पहिले नै मिडियामा समाचार आईसकेकाले पनि नयाँ संक्रमित देखिएका बसोवास गर्ने क्षेत्रमा त्रास बढेको उनले बताए । संक्रमितहरुलाई ल्याउन मात्र नभई २ महिना देखि ६७ वर्ष उमेर समुहका पुरुष तथा महिना रहेकाले उनीहरुलाई आवश्यक पर्ने चिजबिजको तयारी , स्थानको व्यवस्थापन , घरबाट अस्पतालसम्म ल्याउने चाँजोपाँजो मिलाउन केही समय लाग्ने चिकित्सक निरजकुमार सिंहले बताए ।

गत २१ गते संक्रमण पुष्टि भएका उक्त युवकले आफू कही नभएकाले कोरोना संक्रमण भएको भन्ने गलत रिर्पोट आएको दाबी गर्दै आएका र आफ्नो सम्पूर्ण ट्राभल हिष्ट्री नबताएकाले उनको घरपरिवारको र उनी आफ्नो वडामा राहत वितरण कार्यका लागि बनेको सर्वदलिय वितरण समितिमा सदस्य रही राहत वितररण गरेको बताईएकाले राहत वितरण कार्यमा खटेका केही अन्यको स्वाब परिक्षणका लागि सोमबार नै पठाईएको डा। उपाध्यायले बताए । बुधबार भेटिएका १७ संक्रमितहरुमा गत आईतबार भेटिएका संक्रमितका बुबा, आमा, दाजु, भाई, भाउजु, छोरो र भतिजा रहेको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस