(कोरोनाअपडेट) बिश्वभर ३९ लाख ३५ हजार संक्रमित, २ लाख ७४ हजारभन्दा बढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २७, शनिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

वैशाख २७, काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३९ लाख ३५ हजार ७ सय ६४ पुगेको छ । संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ १२ लाख ८३ हजार ८ सय २९ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार स्पेनमा २ लाख २२ हजार ८ सय ३५, इटालीमा २ लाख १७ हजार १ सय ८५, बेलायतमा २ लाख १२ हजार ६ सय २९, रुसमा १ लाख ८७ हजार ८ सय ५९, फ्रान्समा १ लाख ७६ हजार २ सय ९ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वभर २ लाख ७४ हजार ६ सय ५१ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ७७ हजार १ सय ७८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, बेलायतमा ३१ हजार ३ सय १५, इटालीमा ३० हजार २ सय १, स्पेनमा २६ हजार २ सय ९९, फ्रान्समा २६ हजार २ सय ३३, ब्राजिलमा ९ हजार ९ सय ९२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, विश्वभर १३ लाख ११ हजार २ सय ९१ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ १ लाख ९८ हजार ९ सय ९३, जर्मनीमा १ लाख ४१ हजार ७ सय, स्पेनमा १ लाख ३१ हजार १ सय ४८, इटालीमा ९९ हजार २३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा पनि १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ३१ जना संक्रमणमुक्त भइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस