(कोरोनाअपडेट) विश्वभर झन्डै ४१ लाख संक्रमित, २ लाख ८२ हजारको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २९, सोमबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

वैशाख २९, काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या झन्डै ४१ लाख पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कुल ४० लाख ९८ हजार ९ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ १३ लाख २९ हजार ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, स्पेनमा २ लाख २४ हजार ३ सय ५०, बेलायतमा २ लाख २० हजार ४ सय ४९, इटालीमा २ लाख १९ हजार ७०, रुसमा २ लाख ९ हजार ६ सय ८८, फ्रान्समा १ लाख ७७ हजार ९४, जर्मनीमा १ लाख ७१ हजार ८ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

विश्वभर २ लाख ८२ हजार ५ सय ५३ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ७९ हजार ५ सय २२ जनाको मृत्यु भइसकेको छ । बेलायतमा ३१ हजार ९ सय ३०, इटालीमा ३० हजार ५ सय ६०, स्पेनमा २६ हजार ६ सय २१, फ्रान्समा २६ हजार ३ सय ८३, ब्राजिलमा ११ हजार १ सय २३, बेल्जियममा ८ हजार ६ सय ५६ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर १४ लाख ६ हजार ३ सय ४५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ । त्यहाँ २ लाख १६ हजार १ सय ६९ संक्रमणमुक्त भएका छन् । त्यस्तै, १ लाख ४४ हजार ४ सय, स्पेनमा १ लाख ३६ हजार १ सय ६६, इटालीमा १ लाख ५ हजार १ सय ८६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा पनि १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३१ जना संक्रमणमुक्त भइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस