‘कोरोना भाइरस हामीहरुबीच लामो समयको सङ्कट बन्न सक्छ’ : डब्ल्यूएचओ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ १,काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओं) ले चेतावनी दिँदै कोरोना भाइरस कहिल्यै समाप्त नहुने हो कि ? भन्ने सम्भावना रहेको बताएको छ । साथै विशेषज्ञहरुले यो महामारीबाट विश्वभर मानसिक स्वास्थ्यको सङ्कट उत्पन्न हुने बताएका छन् ।

बुधबार ग्लोबल हेल्थले कोरोना भाइरस कहिले समाप्त हुन्छ भनेर आँकलन गर्न नसकिने जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका आपत्कालीन प्रमुख (इमरजेन्सी चीफ) माइकल रायनले भने, ‘हामी यो चीजलाई लिएर स्पष्ट र तयार रहनु आवश्यक छ । कोरोना हाम्रोबीच क्षेत्र विशेषको एक अन्य भाइरस बन्ने र कहिल्यै समाप्त नहुने हो कि भन्ने सम्भावना रहेको छ । यो कहिले समाप्त हुन्छ भनेर ठोकुवा गर्न सकिँदैन । यसको कुनै तारिख छैन । यो रोग हामीहरुबीच लामो समयको सङ्कट बन्न सक्छ ।’

विश्व स्वास्थ्य सङ्गठनको मानसिक स्वास्थ्य विभागको एक अन्य रिपोर्टमा संयुक्त राष्ट्रको अर्को खतरनाक सङ्कटलाई लिएर सचेत गराइएको छ । मानसिक स्वास्थ्य विभागका निर्देशक डेवोरा केस्टलका अनुसार– एक्लोपन, डर, अनिश्चितता, आर्थिक उतारचढाव यी सबै मनोवैज्ञानिक समस्याको कारण बन्न सक्छ । उनका अनुसार आउँदा दिनमा बालबालिका, युवा र स्वास्थ्यकर्मीमा पनि मानसिक कमजोरी देखिने सम्भावना छ ।

उनी अघि भन्छन्, ‘पूरै विश्वका नागरिकको मानसिक स्वास्थ्य र जीवन यो महामारीबाट प्रभावित भएको छ र यसलाई प्राथमिकता दिनु आवश्यक छ ।’

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख एडहनम गिब्रेयसले भने, ‘कैयौँ देश लकडाउनबाट बाहिर निक्लनका लागि विभिन्न उपाय अपनाइरहेका छन् । तर विश्व स्वास्थ्य सङ्गठन सबै देशलाई सचेत रहन र उच्चस्तरको सतर्कता अपनाउन सुझाव दिन्छ ।’

रुसमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर दुई लाख ४२ हजार दुई सय नाघेपछि यो बयान सार्वजनिक भएको हो । सङ्क्रमणको हिसाबले रुस विश्वको दोस्रो देश बनेको छ भने अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

अमेरिकामा १३ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ९० हजारभन्दा धेरैको ज्यान गएको छ । रुसमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार दुई सय १२ छ । तर अधिकारीहरुले अप्रिल महिनामा भएको मृत्युमध्ये ६० प्रतिशत मृत्युको कारण अरु नै थियो ।

रुसमा मस्को सबैभन्दा अधिक प्रभावित छ, जहाँ एक हजार दुई सय ३२ जनाको ज्यान गएको छ । रुसकी स्वास्थ्य मन्त्री तात्याना गोलिकोवाले तथ्यकाङ्कमा हेरफेर गरिएकोबारेमा अस्वीकार गरेकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस