(कोरोनाअपडेट) विश्वभर ३ लाख १२ हजारबढीको मृत्यु, संक्रमित ४७ लाखभन्दा धेरै !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ४, आईतबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाण्डौ । कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ३ लाख १२ हजार नाघेको छ । आइतबार बिहानसम्म कोरोना संक्रमणका कारण ३ लाख १२ हजार ३१७ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै अमेरिकामा ८९ हजार ५४० को मृत्यु भएको छ ।

बेलायतमा ३४ हजार ४६६, इटलीमा ३१ हजार ७६३, स्पेनमा २७ हजार ५६३, फ्रान्समा २७ हजार ६२५ तथा ब्राजिलमा १५ हजार ६३३ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।
हाल विश्वभर २५ लाख ९३ हजार २७७ कोरोना संक्रमित स्वास्थयकर्मीको निग्रानीमा छन् । जसमध्ये ४४ हजार ८४० को स्वास्थ्य अवस्था गम्भीर रहेको छ । बाँकीको मध्यम रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस