(कोरोनाअपडेट) बिश्वभर ५३ लाख ९८ हजारधेरै संक्रमित, ३ लाख ३९ हजारभन्दा बढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १०, शनिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

शुक्रबार विश्वभर अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए

जेठ १०, काठमाण्डौ । विश्वभर कोरोना संक्रमणको दर झन्झन् बढ्दै गएको छ । शुक्रबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धरै कोरोना संक्रमित थपिएका छन् । गएको २४ घन्टामा विश्वभर एक सात हजार ५ सय ४५ जना नयाँ संक्रमित थपिएका वल्र्डओमिटरले जनाएको छ । यो शनिबार बिहान पौने ६ बजेसम्मको तथ्यांक हो । यो एकै दिन पुष्टिभएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमण हो । बिहीबार विश्वभर एक लाख ५ हजार ६ सय २९ जना नयाँ संक्रमित फेला परेका थिए ।

विश्वभर अहिलेसम्म संक्रमितको संख्या ५३ लाख ९८ हजार ३६ पुगेको छ । संक्रमितमध्ये ३ लाख ३९ हजार ४ सय १३ को मृत्यु भएको छ । संक्रमित २१ लाख ५० हजार भन्दा धेरै उपचारपछि निको भएका छन् । शुक्रबार पुष्टि भएका नयाँ संक्रमित सबैभन्दा धेरै अमेरिकाका छन् । त्यहाँ हिजो एकै दिन २४ हजार २८ जना नयाँ संक्रमित थपिएका छन् । त्यसपछि ब्राजिलमा १९ हजार ९ सय ६९ जना नयाँ फेला परेका छन् । अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १६ लाख ४४ हजार ९ सय २५ पुगेको छ ।

त्यसैगरी गएको २४ घण्टामा रुसमा ८ हजार ८ सय ९८, चिलीमा ४ हजार भन्दा धेरै, बेलायतमा ३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा शुक्रबार एकै दिन ६५ सय ६८ जना नयाँ संक्रमित थपिएका हुन्। त्यहाँ संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ९८ पुगेको छ । संक्रमित मध्ये अहिलेसम्म ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ । शुक्रबार भारतमा संक्रमणबाट १ सय ४२ जनाको मृत्यु भएको छ । त्यहाँ ५१ हजार ८ सय २४ जना उपचारपछि निको भएका छन् । विश्वभर अहिलेसम्म कोरोना संक्रमणबाट ३ लाख ३९ हजार ४ सय १३ जनाको मृत्यु भइसकेको छ । शुक्रबार एकै दिन विश्वभर ५ हजार २ सय ४० जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस