भारत र चीनको सीमामा झडप : भारतीय सेनाका कमान्डिङ अफिसरसहित २० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ३, बुधबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ३, काठमाण्डौ । भारतीय र चिनियाँ सेनाबीच भएको झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको छ । पछिल्लो समय लद्दाखमा दुई देशबीच विवाद बढेको छ । सोही क्षेत्रमा भएको झडपमा परि कमान्डिङ अफिसर समेत गरि २० जना भारतीय सेनाले ज्यान गुमाएका हुन् ।

उक्त झडप गएराति भएको हो । गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको बताइएको छ । लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस