आमाको दूधबाट सर्दैन कोरोना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ५, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ५, काठमाण्डौ ।  कोरोना भाइरसबारे अध्ययन–अनुसन्धानबाट नयाँ तथ्यहरू सार्वजनिक भइरहेका छन् । तीमध्येको पछिल्लो हो, आमाको दूधमार्फत भाइरसको प्रसार नहुने विश्व स्वास्थ्य संगठन डब्लुएचओको स्पष्टोक्ति । कोभिड–१९ पोजिटिभ देखिएका तर स्वास्थ्यस्थिति सामान्य रहेका आमाले आफ्नो सन्तानलाई दूध खुवाउन रोक्नुनपर्ने डब्लुएचओले बताएको छ ।

(डब्लुएचओका महानिर्देशक टेड्रोस अदानम गेब्रेयसस भन्छन्, ‘अहिलेसम्मको अनुसन्धानबाट आमाको दूधमार्फत कोरोना भाइरस प्रसार भएको देखिएको छैन ।’ बयस्कको तुलनामा बालबालिकामा कोरोना संक्रमणको जोखिम कम देखिएको डब्लुएचओको भनाइ छ । डब्लुएचओका रिप्रोडक्टिभ हेल्थ सल्लाहकार डा अंशु बनर्जीका अनुसार आमाको दूधमा कुनै पनि ‘लाइभ भाइरस’ अहिलेसम्म फेला परेको छैन । ‘त्यसैले आमाको दूधबाट भाइरस सर्दैन,’ उनी भन्छन् ।

(अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सिडिसीले पनि आमाको दूधबाट कुनै पनि भाइरस सरेको प्रमाण नभएको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस