असार ७, काठमाण्डौ । साउदी, कतार र युएईबाट आइतबार ५४७ नेपाली स्वदेश फर्किएका छन् । साउदीबाट २४७, कतारबाट १४९ र युएईबाट १५१ नेपाली स्वदेश फर्किएका हुन् ।
युएईको आबुधाबीबाट हिमालयन एयरलाईन्सको चार्टर उडानमार्फत् फर्किएका १५१ जनामा २ नाबालक, २६ जना महिला र १२३ पुरुष रहेको दूतावासले जनाएको छ । सो उडानमार्फत् १५४ जना फर्काउने उल्लेख गरिए पनि ३ जनामा कोरोना पोजिटिभ देखिए पनि उनीहरु त्यहीँ रोकिएका हुन् ।
स्वदेश फर्कनेहरुमा रोजगारी गुमाएका, आफन्त गुमाएर काजकिरियामा आउनुपर्ने अवस्थाका, महिला, बिरामी, जेष्ठ नागरिक, पर्यटन भिसामा गएर अलपत्र परेका तथा अन्य विभिन्न कारणले समस्यामा परेका छन् ।
आजै युएईबाट थप दुई वटा उडानमार्फत् समस्यामा परेका नेपालीहरु स्वदेश फर्कने दूतवाासले जनाएको छ । त्यस्तै मलेसिया, बंगलादेश र बहराइनबाट समेत अप्ठ्यारोमा परेकाहरु स्वदेश फर्कँदैछन् ।