(कोरोनाअपडेट) विश्वभर संक्रमितको संख्या ९० लाखमाथी,चार लाख ६९ हजारभन्दा धेरैको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ८, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ८, काठमाण्डौ । विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ । वल्र्डओमिटरका अनुसार अहिलेसम्म विश्वभर संक्रमितको संख्या ९० लाख ३७ हजार तीन सय ९५ पुगेको छ ।
संक्रमितमध्ये ४७ लाख ९६ हजार आठ सय ३७ उपचारपछि निको भएका छन् भने ३७ लाख ७१ हजार पाँच सय १० जना उपचारको क्रममा छन् । यो तथ्यांक सोमबार बिहान साढे पाँच बजेसम्मको हो । संक्रमितमध्ये ५४ हजार सात सय १९ जनाको अवस्था मात्रै गम्भीर छ । बाँकी सबै संक्रमितको अवस्था सामान्य छ ।

गएको २४ घण्टामा विश्वभर कोरोनाका एक लाख २९ हजार तीन सय ९५ संक्रमित थपिएका छन् । संक्रमणको कारण गएको २४ घण्टामा विश्वभर तीन हजार तीन सय ३७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वभर चार लाख ६९ हजार ६ सय तीन जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । अमेरिकामा मात्रै एक लाख २२ हजार दुई सय ४६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यसपछि क्रमशः ब्राजिल, बेलायत, इटाली, फ्रान्स, स्पेन, मेक्सिको, भारत लगायतका देशमा धेरैले ज्यान गुमाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस