सरकारले बूढीगण्डकी आयोजनाको बजेट झन्डै आधा घटायो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १२, शुक्रबार (४ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

असार १२, गोरखा । सरकारले बूढीगण्डकी आयोजनाको बजेट झन्डै आधा घटाएको छ । आर्थिक वर्ष २०७७÷७८ मा बाँकी मुआब्जा वितरण र आयोजनाको मोडालिटी निर्माणका लागि जम्मा आठ अर्ब ८४ करोड रुपियाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा १३ अर्ब ५७ करोड ५६ लाख रुपियाँ छुट्याइएको थियो ।

आयोजनाको मोडालिटी निर्माण गर्ने भनेर सरकारले यस वर्ष आठ अर्ब रुपियाँ छुट्याएको छ, बूढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले भने , “यसले घर, गोठ, बोटबिरुवाको मुआब्जा वितरणसमेत गर्ने हाम्रो योजना छ । ” तर त्यसको मुआब्जा निर्धारण बाँकी रहेकाले रकम पर्याप्त हुने÷नहुने यकिन नभएको उनले बताए । उक्त मुआब्जा वितरणका लागि १० अर्ब रुपियाँभन्दा बढी रकम आवश्यक हुने विज्ञहरूको दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस