मन्त्री वर्षमान पुन भन्छन्-‘पन्ध्र सय मेगावाट विद्युत् थप हुन्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १२, शुक्रबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा थप एक हजार पाँच सय मेगावाट विद्युत् उत्पादन हुने बताएका छन् । विश्व बैङ्कले आयोजना गरेको ‘भर्चुअल हाइड्रोपावर सम्मेलन’ लाई सम्बोधन गर्र्दै मन्त्री पुनले कोभिड–१९ का कारण ४५६ मेगावाटको माथिल्लो तामाकोसी लगायत निर्माणाधीन केही आयोजनाको विद्युत् उत्पादनमा केही ढिलाइ भए पनि काम भने नरोकिएको र आगामी वर्ष ती आयोजना बनिसक्ने बताए ।

महामारीकै बीचमा पनि हामीले मुख्य आर्थिक गतिविधि र जलविद्युत् आयोजनाका काम निरन्तर गरेका छौँ, मन्त्री पुनले भने, “आगामी आर्थिक वर्षमा एक हजार पाँच सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने छ ।” आगामी सन् २०२८ सम्ममा नेपालको कुल विद्युत् जडित क्षमता १५ हजार मेगावाट पु¥याउने लक्ष्य निर्धारण गरिएको उहाँको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस