सरकारले असार १५ मा मनाउँदै आएको धान दिवसलाई निरन्तरता दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १३, शनिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार १३, काठमाण्डौ । सरकारले १५ असारमा मनाउँदै आएको धान दिवसलाई यसपालि पनि निरन्तरता दिने जनाएको छ । कृषि विभागले शुक्रबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार ‘यो वर्ष धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुनेछ । तर, यसपटक ठूलो भिडभाड र हिलो नछ्यापी दिवस मनाइने विभागका महानिर्देशक कञ्चनराज पाण्डेले जानकारी दिए ।

खुमलटारस्थित राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यालयमा राष्ट्रिय धान दिवस मनाइनेछ । राष्ट्रिय अर्थतन्त्रमा धानको योगदान करिब ८ प्रतिशत छ । कृषि क्षेत्रमा सबैभन्दा बढी योगदान गर्ने धानको उत्पादन वृद्धि गर्न सरकारले उन्नत जातको बिउ वितरण गर्ने, सिँचाइ सुविधा विस्तार गर्ने, रासायनिक तथा प्रांगारिक मलको सहज आपूर्ति गर्नेलगायतका काम गरिरहेको विभागको दाबी छ । यसपालि वर्षा चाँडै सुरु भएकाले किसानले २० प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस